वैशाख १३, २०७३- काठमाडौं– झुस्स पालेको खैरो दाह्री । उही रंगको कपाल । ६ फिट १ इन्च अग्लो । उमेरमा ३१ वर्ष । विश्वका करोडौं युवतीका धड्कन बनेका प्रिन्स ह्यारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो ओर्लिए । उनले पूरा नाम भने हेनरी चाल्र्स अल्बर्ट डेभिड । नेपाल–बेलायतको २ सयौं वर्षको कूटनीतिक सम्बन्ध पुगेको अवसरमा राजपरिवारका सदस्य ह्यारी नेपाल आएका हुन् । महारानी डायनाका कान्छा छोरा प्रिन्स ह्यारीले चैत ६–१० सम्म उपत्यकादेखि पश्चिम र मध्यपश्चिम नेपाल घुमे । ह्यारीले नेपाललाई यात्रालाई दुई देशको सम्बन्धलाई थप प्रगाढ र बलियो बनाउनुका साथै आफ्नो ‘होलिडे’ पूर्ण रूपमा घुम्दै मज्जाले मनाए । राष्ट्रपति, प्रधानमन्त्रीसँगको भेटसहित उनले वैशाख १२ मा गएको महाभूकम्पका कारण पालमा बस्न बाध्य जनतकैमा पुगेर दु:ख–सुख साटे । जंगल घुमे, बोटिङ गरे । पदयात्रा गरे । जनताकै घरमा बसे । ढाका टोली लगाए । साथमा गोर्खा सैनिकका परिवारलाई समेत भेटे । उनले ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायर घुमे । उनले भक्तपुरमा भूकम्पपीडितको हालको अवस्था, पछिको योजना, शिविर बस्ने समय र सरकारले भूकम्पपिडितलाई गरेको सहयोग तथा सरकारी योजनाबारे जिज्ञासा राखेका थिए । ह्यारीलाई स्वागत गर्न बसेका र पालमुनि बसेर पनि जीवन चलाइरहेका नेपाली जनतालाई देखेर ह्यारीले भने, ‘विपत्मा पनि तपाईहरूको मुहारमा हाँसो देख्दा म लट्ठ भएँ ।’ ह्यारीले काठमाडौं ओर्लनेबित्तिकै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दै दुई देशको सम्बन्ध र हितको विषयमा कुरा गरे । आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफू गोर्खा सैनिक परिवाजन तथा आफन्तसँग भेट्न आतुर रहेको बताए । ह्यारीले सन् २००७ मा अफगानिस्तानमा ७ साता गोर्खा सैनिकहरूसँग रहेर तालिवानसँग लडाइँ लड्दाको अनुभव पनि राष्ट्रपति भण्डारीसँग साटेका थिए । ‘गोर्खा सैनिक जवानदेखि तालिवानी आतंकवादीसमेत डराउँथे । साँच्चै गोर्खाहरू बहादुर र साहसी छन्,’ ह्यारीले शीतल निवासमा भनेका थिए । सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमा पश्चिम नेपाल पुगेका ह्यारीले कर्णाली नदीको भंगालो औराहामा र्‍याफ्टिङ गरे । उनको साथमा बेलायली विदेशमन्त्रालयका अधिकारी, सुरक्षा तथा भ्रमणसम्बद्ध अधिकारी थिए । उनले बर्दिया राष्ट्रिय निकुञ्ज बन्यजन्तु आरक्षणमा पुगे । उनी १४० वर्षपछि बेलायती शाही सदस्यको रूपमा बर्दियाको जंगल पुग्ने व्यक्ति भए । दक्षिण एसियाको ठूलो बाघ संरक्षण क्षेत्र बर्दिया र बाँके राष्ट्रिय निकञ्ज भ्रमण उनको रोजाइमा परेको हो । ह्यारीका हजुरबुवा युवराज एड्वर्ड सप्तमले महारानी भिक्टोरियाका साथ १९३२ सालको हिउँदमा बर्दियाको चार कोशे झाडीमा सिकार खेलेका थिए । उनलाई लिएको सिकार खेलाउन श्री ३ जंगबहादुर राणा स्वयं आएका थिए । इतिहासकारका अनुसार ८ सयवटा हात्तीको लस्कर लिएर जंगबहादुरले बेलायती राजकुमारलाई रोमाञ्चक सिकार खेलाएका थिए । उनले मंगलबार लमजुङमा गोर्खा सैनिक परिवारसँग भेट गर्दै पथयात्रासमेत गरे । ह्यारीले नेपाल भ्रमणमा ढिंडो, लोकल खुकुरा खाए भने नेपाली ढाका टोपी लगाए । उनले नेपाल भ्रमणको पूर्ण रूपमा मज्जा लिए । नेपाल आउनेबित्तिकै उनले विश्वसामु भनेका थिए, ‘नेपाल घुम्न आउनुहोस् । नेपाल सुरक्षित छ ।’ ह्यारीको यो भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ उचाइमा लान प्रेरित गरेको देखिन्छ । http://kantipur.ekantipur.com/printedition/news/2016-04-25/20160425012736.html http://kantipur.ekantipur.com/printedition/news/2016-04-25/20160425012736.html

0 comments Blogger 0 Facebook

Post a Comment

 
News post © 2013. All Rights Reserved. Powered by Blogger
Top