वैशाख १६, २०७३- वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
भूकम्पपीडितकै सहयोगार्थ जापानमा क्रियाशील थकाली सेवा समिति र पोखरेली दिदी बहिनी समूहले संचारकर्मी गणेश पाण्डे निर्देशित डकुमेन्ट्री फिल्म 'भाग्यले बाँचेकाहरु' र फूलमान वल निर्देशित छोटो फिल्म 'सेलफोन' देखाएका हुन् ।
डकुमेन्ट्रीमा भूकम्पमा परेर सकसपूर्ण तरिकाले बाँचेकाहरु र साहसका साथ उद्दार गरेका सेना र प्रहरीका जवानहरुले भूकम्पको कथा सुनाइरहेको बेला दर्शकहरु भावुक बनेका थिए ।
'भूकम्पका दृष्यहरु सम्झेकि त्यसै आँसु आउँछ,' एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले भने । यो डकुमेन्ट्रीपछि फूलमान वल निर्देशित 'सेलफोन' देखाइएको थियो । ढ्याङग्रो बेचेर मोबाइल किन्ने एक किशोरलाई पछ्याएको यो छोटो फिल्म ङमिा पाखि्रन, चन्द्रमाया तामाङ र शान्ति वाइवाले निर्माण गरेका हुन् ।
शोबाट उठेको ६० हजार रुपैयाँ शान्ति फाउण्डेशनमार्फत् भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने आयोजकमध्ये पोखरेली दिदी बहिनीका प्रेमिला गौचनले बताइन् ।
http://kantipur.ekantipur.com/news/2016-04-28/20160428211405.html

0 comments Blogger 0 Facebook
Post a Comment